परिचय

प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारी एवम् निर्वाचित जनप्रतिनिधिहरूको क्षमता विकास र कार्यसम्पादनमा सुधार, प्रदेश सरकारका कार्यक्रम कार्यान्वयनमा सहजिकरण, प्रदेश अन्तर्गतका सरकारी तथा अर्धसरकारी निकाय र स्थानीय तहको संस्थागत सुधार एवम् शासकीय क्षमताको अभिवृद्धि गर्ने अभिप्रायले “प्रदेश प्रशिक्षण प्रतिष्ठान (गठन तथा कार्य संचालन) आदेश, २०७७” वमोजिम एक अविछिन्न उत्तरधिकारवाला, स्वशासित र संगठित संस्थाको रुपमा लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानको स्थापना भएको हो । नेपालको संविधान २०७२ ले प्रदेश तथा स्थानीय तहहरुलाई प्रदान गरेको जिम्मेवारी तथा अधिकारको प्रयोग गरी आवश्यक कानुन निर्माण गर्ने र प्रभावकारी योजाना निर्माण तथा कार्यान्वयन गरी नागरिकहरुलाई चुस्तरुपमा सेवा प्रदान गर्नुपर्ने कुरा अपरिहार्य रहेको छ। विषेशगरी २०७४ सालमा भएको प्रदेश तथा स्थानीय तहको निर्वाचन मार्फत निर्वाचित तथा मनोनित जनप्रतिनिधिहरुलाई नागरिकहरुका अपेक्षा अनुसार नयाँ संरचना, नीतिनियम भित्र रहेर सेवा प्रदान गर्न सोहि अनुसारको ज्ञान र शीपको आवश्यकता पर्दछ। यसकासाथै संघबाट प्रदेश तथा स्थानीय तहमा समायोजन भएर आउने कर्मचारी तथा नयां नियुक्त भएका कर्मचारीहरुका लागि पनि प्रभावकारी रुपमा आफ्नो जिम्मेवारीपूरा गर्नका लागि पनि थप ज्ञान र शीपको आवश्यकता पर्दछ।यसै सन्दर्भमा नयाँ ज्ञान सृजना गर्ने, व्यवस्थापन गर्ने र प्रदान गर्ने काममा यस प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेल्नेछ। यसै परिपेक्षमा प्रदेश तथा स्थानीय तहहरुको संस्थागत तथा मानव स्रोत विकासका लागि संयोजन, तालिमहरु प्रदान तथा सहजीकरण गर्नुका साथै स्तरीय पाठ्यक्रम र सामग्रीहरु निर्माण गर्ने, प्रमाणमा आधारित विषयगतकार्यगत अनुसन्धान गर्ने र संधियता तथा स्थानीय शाससंग सबन्धित सवालहरुमा बहस तथा पैरवी गर्ने “उत्कृष्टताको केन्द्र” (Center of Excellence) को रुपमा यो प्रतिष्ठानले आफ्ना कार्यक्रमहरु संचालन गर्नेछ।

 

 उदेश्य

1) प्रदेश र स्थानीय तहका सरकारी र सार्वजनिक संस्थाका निर्वाचित, मनोनित तथा नियुक्ति पदाधिकारी जनप्रतिनिधिहरुको लागि व्यावसायिक ज्ञान, सिप र क्षमता अभिवृद्धि गर्न अन्तरक्रिया एवं विशेष प्रशिक्षण कार्यक्रम संचालन गर्ने ।

2) प्रदेश र स्थानीय तहका सरकारी र सार्वजनिक संस्थानका कर्मचारीहरुका लागि सेवाकालीन, सेवा प्रवेश र व्यावसायिक ज्ञान, सीप र क्षमता अभिबृद्धि गर्ने तालिमहरु प्रदान गर्ने |

3) प्रशिक्षणलाई बढी उपयोगी तुल्याउन तथा प्रशिक्षण सामाग्री तयार गर्नका लागि कार्यमूलक अनुसन्धान, परामर्श सेवा तथा सूचना सेवा सम्बन्धी कार्यक्रमहरु संचालन गर्ने र प्रशिक्षण कार्यक्रमहरु सम्बन्धि अनुसन्धान गर्ने |

4) प्रदेशको विकास कार्यक्रममा सघाउ पुर्याउन प्रदेश सरकारको प्रशासन र संस्थानको व्यवस्थापन क्षेत्रलाई सबल, सक्षम तथा प्रभावकारी बनाउन आवश्यक कार्य गर्ने |