मोती प्रसाद शर्मा

कार्यकारी निर्देशक
हाम्रो बारे

प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारी एवम् निर्वाचित जनप्रतिनिधिहरूको क्षमता विकास र कार्यसम्पादनमा सुधार, प्रदेश सरकारका कार्यक्रम कार्यान्वयनमा सहजिकरण, प्रदेश अन्तर्गतका सरकारी तथा अर्धसरकारी निकाय र स्थानीय तहको संस्थागत सुधार एवम् शासकीय क्षमताको अभिवृद्धि गर्ने अभिप्रायले “प्रदेश प्रशिक्षण प्रतिष्ठान (गठन तथा कार्य संचालन) आदेश, २०७७” वमोजिम एक अविछिन्न उत्तरधिकारवाला, स्वशासित र संगठित संस्थाको रुपमा लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानको स्थापना भएको हो । नेपालको संविधान २०७२ ले प्रदेश तथा स्थानीय तहहरुलाई प्रदान गरेको जिम्मेवारी तथा अधिकारको प्रयोग गरी आवश्यक कानुन निर्माण गर्ने र प्रभावकारी योजाना निर्माण तथा कार्यान्वयन गरी नागरिकहरुलाई चुस्तरुपमा सेवा प्रदान गर्नुपर्ने कुरा अपरिहार्य रहेको छ। विषेशगरी २०७४ सालमा भएको प्रदेश तथा स्थानीय तहको निर्वाचन मार्फत निर्वाचित तथा मनोनित जनप्रतिनिधिहरुलाई नागरिकहरुका अपेक्षा अनुसार नयाँ संरचना, नीतिनियम भित्र रहेर सेवा प्रदान गर्न सोहि अनुसारको ज्ञान र शीपको आवश्यकता पर्दछ। यसकासाथै संघबाट प्रदेश तथा ... थप हेर्नुहोस्

पदाधिकारी / कर्मचारी
सुचना अधिकारी
कार्यक्रम